Join MultiplyOpen a Free ShopSign InHelp
MultiplyLogo
SEARCH

Nepal Saemaul Undong or Model Development Campaign (MDC) , Nepal or Namuna Bikas Abhiyan

HomeWelcome to Saemaul Undong Nepal ( Model Development Campaign (MDC), Nepal,May 22, 2007
 

नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग, कोरिया
वा नमुना विकास अभियान नेपाल एक परिचय

Introduction of Saemaul Undong: Nepali
Model development campaign in Nepal
or Saemaul Undong in Korea

To Make a community living together

Saemaul Undong Center, Korea

Model Development Canpaign (MDC),

National Council, Nepal



नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग, कोरिया
वा नमुना विकास अभियान, नेपाल


कोरिया एशिया महादेशको पूर्वमा पर्दछ । कोरियालीहरुको संस्कृति र परम्परा ५००० वर्ष पुरानो छ । कोरिया उन्न्ााईसौ शताब्दीमा उपनिवेश भयो । शीत युद्धको कारणले देश आधा-आधा बाँडियो । एउटा गरिब देश जो धेरै गरिबीमा शुरु भयो तर अहिले विश्वको बाह्रौ धनी स्थानमा पुगेको छ । कोरियाले सन् १९८८ मा ओलम्पीक गेम र २००२ मा फिफा विश्व कप सम्पन्न गराएको थियॊ । धनी देशको दाँजोमा आफ्नो ठुलो साहस र शक्ति देखायो । हामी आधारभूत रुपमा यी सबै कुरा नमुना विकास अभियान सेमाउल उन्दोङ्ग द्वारा सम्भव भएको देखाउन चाहन्छौं ।

कोरियाको नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग

धेरै लडाई र आक्रमण भएता पनि यस बाट प्रभावित नभईकन कोरियाली जनताले आफ्नॊ अनौठो साँस्कृतिलाई कायम राखेका छन् ।
जब जापानसंगको लडाई उन्नाईसौ शताब्दीमै अन्त्य भयो र कोरियाली युद्धले स्थान लिन पुग्यो । सन् १९६० सम्म समाज विभिन्न किसिमको विचार र गरिबीलॆ ग्रस्थ थियो । त्यसबेला प्रति व्यक्ति आय ८५ डलर मात्र थियो । बहुसंख्यक कोरियनहरुले त्यस बेला एक छाक टार्न पनि कठिन थियो ।

त्यसबेलाकॊ कृषि प्रधान देश केारिया वाढी र खडेरीकॊ भोकमरीमा पिल्सीएको थियो । कोरियाली समाज विभिन्न किसिमको विचार थकावट र निराशले ग्रसित थियो । गरिबीसंग लड्नु नै सरकारको ठुलो काम थियो । त्यसबेला हस्तकलाको समानहरु निर्यात गर्नु नै ठुलो आम्दानीको स्रोत थियो ।
सन् १९६० मा पाँच वर्षे आर्थिक योजना शुरु भयो त्यसले के परिणाम देखायो भने सन् १९७० को नजिक आएर आर्थिक स्तर बढाउन सक्षम भयो ।
आर्थिक वृद्धिले गर्दा युवाहरु धन कमाउन शहर पस्न शुरु गरे । सन् १९६० देखी सरकारले कृषि उत्पादन वृद्धिमा ध्यान दिन थाल्यो । तर आर्थिक जिवनस्तर चाहिँ आधुनिक जीवन शैलीको तुलनामा नराम्रो अवस्थामा नै रही रहयो ।
सन् १९७० सम्म ८०% गाउँले समुदायको घर छाप्रो थियो र ८०% जनताहरुले मट्टितेलको सहायताले विजुलीको बदलामा जीवन बिताउनु परेको थियो ।

नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग को जन्म

सन् १९३२ मा कोरियाका ईसाई मण्डलीहरुबाट यो अभियान शुरु गरेका थिए । सन् १९६९ को बाढी पछि मानिसहरुले आफ्ना घर र सडकहरु सरकारी सहायता विना आफ्नो खर्चले बनाउन थाले । यसले राष्ट्रपती पार्क जुङ्ग हि लाई स्वतः जनतालाई सहायता गर्न प्रेरणा दियो । राष्ट्रपति पार्क ले के महशुश गरे भने जब सम्म जनतामा आफुले काम गर्ने भावना हुदैन तब सम्म जनतालाई दिएको सहायता बेकार साबित हुन्छ । अझ महत्वपूर्ण कुरा त गाउँले समुदायलाई आकर्षित गर्नु र गाउँलेहरुको सहायता लिनु विकासको प्रमुख आधार थियो ।
यि विचारहरु नयाँ गाउँ अभियानको प्रमुख आधार थियो ।

नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग को प्रयोग


सन् १९७० सम्म पनि सरकार सँग विकासको लागि पर्याप्ता रकम थिएन तर सरकारले थोरै सहायता गरेर पनि केहि आधारभुत विकास गर्न सक्थ्यो । सरकारले गाउँलाई विकास गर्नको लागी १० वटा प्रयोगात्मक प्रोजेक्टहरु समर्थन गरेको थियो । यी प्रोजेक्टहहरु खास तौरले समुदायहरुमा लागु गरिएका थिए जस्तै ः गाउँले सडक निर्माण घरका छानाहरु मर्मत गर्ने भान्सा कोठा निर्माण घर वरिपरि पर्खाल लगाउने कपडा धुने लौन्ड्री पसलको व्यवस्था पानी धाराको व्यवस्था गर्ने आवास तथा पुलहरुको निर्माण गर्ने र पानीको सुधार आदि कार्यक्रम थियो ।
त्यति बेला ३५ हजार गाउँलेहरुले ३५५ बोरा सिमेन्ट औषत रुपमा निशुल्क पाए । सबै प्रोजेक्टहरु गाउँ विकास समितीको एकल नियन्त्रण भित्र थियो । १६००० गाउँ विकास समितीे जो पूरै देशको आधा भन्दा बढी अविकसित गाउँ हो त्यहाँ विकासको प्रभावकारिता देखा पर् यो ।
प्रोजेक्टहरुको व्यवस्था गाउँले कोषबाट शुरु भयो र गाउँले कै स्वयम परिश्रमबाट पूरा भयो । अर्को दोस्रो वर्षमा देश भर प्रत्येक गाउँमा ५०० बोरा अतिरिक्त सिमेन्ट र एक एक टन स्टील तार बाँडियो । गाउँलेहरुलाई आफु स्वयं सहायता दिनको लागी सरकारले निर्णय गर् यो ।

झुपडी र माटोको कच्चि पर्खालहरु आधुनिक टायल र सिमेन्टको परखालमा परिणत भए । सडकका पेटीहरु फैलाइयो नदीका किनाराहरु पुनः निर्माण भयो र गाउमा पनि पुलहरु निर्माण भयो ।

अन्धा धुन्ध गतिमा गाउँहरुमा विकास भयो । गाउँले समुदायले पुनः विश्वास प्राप्त गरे दिक्क लागेका गाउँले छर छिमेकहरु आफ्नो गाउँघर विकास गर्न उत्तेजीत भए । कोरियाकॊ ग्रामिण क्षेत्रले विकास र शहरीकरणको संकेत देखायो ।
अर्को तेस्रो वर्षमा सरकारले ३५०० गाउँलेहरुलाई आफ्नो स्त्तर आफ्नो ढंगले विकास गर्नको लागि तीन तहमा बाँड्यो । ति तीन तहमा बाँडिएका विकासशील गाउँलाई भिन्ना भिन्नै सरकारी सहायता दिने काम शुरु भयो ।
विकासको गति संगै वातावरणीय प्रोजेक्टको पनि विकास भयो । घर र अरु सुविधाहरुको निर्माण समुदायमा सुहाउदो पाराले गरिएको थियो । भान्सा र नुहाउने कोठामा पानी सुविधाको लागि आधुनिक किसिमका पाईप जडान गर्ने काम शुरु भयो ।
सामुदायिक र सार्बजनिक सुविधाहरु जस्तै गाउँमा सभाघरहरु मनोराजन वाटिका सार्वजनिक स्नान कोठाहरु गोदाम घरहरु र अरु सार्वजनिक सुविधाहरुको निर्माण हुन थाले ।
वातावरणीय प्रोजेक्टको सफलताले उत्पादक प्रोजेक्टहरुको विकास भयो । मानिसहरुले कृषि सडक बनाउन थाले । मेसिनद्वारा खेती गर्न थाले । सरकारले गाउँलेहरुको आम्दानीमा खुब चाख लिन थाल्यो । १९७४ सम्ममा गाउँलेहरुको आम्दानी सोचे भन्दा राम्रो भयो । कृषि शिक्षाले खेती गर्ने तरिकामा क्रान्ति ल्याईदियो । परम्परावादी किसिमको खेती गर्ने तरिका जो धान र जौ उब्जाइन्थ्यो त्यो नौलो तरिकामा परिवर्तन भयो ।

कृषि बजारको विकास भयो । खेतीबारीमा उत्पादनको जो न्यून आम्दानी थियो त्यो बिषमता हटयो च्याउ र सुर्ती खेतीकॊ उत्पादनले आम्दानी बढायो । हरियो घरको प्रयोगले जाडो महिनामा ताजा तरकारी खेती गर्न थाले । त्यस्तै गरि काम गर्ने प्रथामा सामुहिक कार्यले सफलता पायो र व्यक्तिगत परिश्रम नगर्न सुझाव दिन थाले ।
गाई बंगुर र कुखुराहरुको पालनलॆ आम्दानी बढायो । माछा पालकले माछाको भुरा उत्पादन गरेर गाउँमा माछाखेतीमा परिवर्तन ल्याइदिए ।
नहरको विकास भयो कुलोहरु सफा गर्ने तरिकाको विकास भयो र खेती योग्य जग्गा चाहि उत्पादन र विकासको प्रमुख बिन्दु बन्न थाले ।
ठुला ठुला सडक निर्माण ढल निकास र फोहोर मैला फाल्ने स्थानहरु चाहि छिमेकी गा।वि।स। हरुको सहायता र संयुक्त लगानीमा बनाउन थाले ।
सरकारले ठुला ठुला कलकारखाना सामुदायिक विकासको लागी खोल्न थाल्यो । जसले गर्दा ग्रामिण क्षेत्रको आम्दानी बढ्यो । सेमाउल कारखानाले महीलालाई कामको स्थान दियो र धेरै आम्दानी गर्ने मौका पाए ।
फलस्वरुप बिस्तारै आम्दानी बढन थाल्यो । सन् १९७४ मा शहरमा जस्तै ग्रामिण क्षेत्रमा पनि धेरै आम्दानी बढयो । सन् १९७८ मा ९८% ग्रामिण जनता आफुमा निर्भर हुन थाले वा कोरियालीहरु निर्भर देशका जनतामा चिनिए । कृषि उत्पादनले उचित ब्यापारिक मूल्य पायो । साग बेचेर गाडि किन्न थाले । जीवन राम्रो भयो ।
नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग को सफलताले अविकसित ठाउँमा स्कूल बन्न थाले काम गर्ने स्थान बढ्यो शहरहरुका कलकारखानाहरुले समेत अरु विकासको बाटोहरु खोले । नगरपालीकाहरुले भ्रष्टाचार निर्मूल गर्ने अभियान चलाए र नयाँ सुन्दर नगरपालीकाको निर्माण गरे ।

नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग कॊ मुख्य तीन अभियानहरु थिए । ती हुन मानसिक व्यवहारिक र वातावरणिय अभियानहरु ।
मानसिक अभियानले पुर्खा र छिमेकीहरुसित राम्रो सम्बन्ध राम्रा परम्परागत नैतिक कुराको विकास गर्दै सामुदायिक विकास गरेर कुरितीहरुलाई हटाउन थाले ।
व्यवहारीक अभियानले बाटोमा हिड्ने तरिका सकारात्मक अन्तरकि्रयाकलापहरु र रक्सी पिउने नराम्रो बानीलाई सुधार्ने तर्फ जोड दियो ।
वातावरणिय अभियानले व्यक्तिको घर वा व्यापार केन्द्रको वरिपरी सफाईमा जोड दियो सडकको वातावरणलाई नियन्त्रण गर्न हरियो शहरहरु र नदीनालाको विकासमा जोड दियो ।
काम गर्ने स्थानमा प्रोजेक्टहरुले स्वच्छ मान्यतामा काम गर्नेहरु विच उत्तम सामाजिक कि्रयाकलाप र विश्वास योग्य हुन के्रन्द्रित गराए । सवै मानिसहरुले एक भएर काम गर्ने पिछडिएको समुदायलाई सहायता गर्ने घर विहिनलाई सहायता गर्ने र लाईनमा बस्न बानि बसाल्ने काम सिकाउनु नै प्रोजेक्टहरुको उद्देश्य भयो ।
सेमाउल उन्दोङ्ग कारखानाले आफ्नो शक्ति उपभोक्ताको स्नेह र विश्वास बटल्नुमा साथै आमजनता तर्फ निर्देशित गर् यो । औधोगिक शान्तिको स्थापनालाई सुदृढीकरण गर्न र मजदुर र व्यवस्थापन बिचको मुल्य प्रणालीमा आपसी समन्वय गरि मतभेद हटाउन असल सहकारी नैतिकतामा जोड दिइयो ।
अझ पिछडिएको समुदायको सेवा गर्नु चाहि अर्को असल नैतिक बिधिको स्थापना गर्ने मार्ग भयो ।

सेमाउल विद्यालयहरु चाहि सेमाउलको आत्मिक जग भए । स्कुलहरुमा विद्यार्थीहरुले सेमाउल उन्दोङ्गले समाज प्रति गरेको योगदान बारे पढन थाले ।
गाउँ र काम गर्ने स्थानहरुमा पुस्तकालय खोलेर सेमाउल उन्दोङ्गको शिक्षा र मनोराजनात्मक कि्रयाकलापको लागि ठाउँ प्रदान गर्न ध्यान दिन थाले ।
बिशेषगरि गाउँले पुस्तकालयहरुले नयाँ किसिमको खेती गर्ने प्रविधि तर्फको सुचना बाँडन थाल्यो । यो एउटा पिछडिएको समुदायको लागी ठुलो राहात थियो र आम्दानी बढ्नुको ठुलो कारण पनि यहि हो ।
नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग के हो
नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग ले ठूला टूला प्रोजेक्ट शुरु गरेन । सरकारले नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग को प्रयोग गरेको ३ वर्षपछि नै थाहा पायो कि जनाताको स्वयं इच्छा विना यस अभियानले सफलता पाउन सक्तैन ।

यो अभियान एउटा कार्यमा आधारित प्रोजेक्ट मात्र होईन तर मानसिक सुधारमा आधारित एउटा ठुलो विश्वासिलो प्रोजेक्ट हो । जसले ूसबै राम्रो र ईच्छाएको काम गर्न सकिन्छू भन्छ ।
यो अभियान एउटा उच्च जिवनको निम्ति संघर्ष हो जो एउटा व्यक्तिको लागी मात्र होईन यो पूरा सामाजिक उत्थानको लागि हो ।

धन मात्र सबै कुरा होईन तर विचार ठुलो कुरा हो । मानिसको विकास मात्र सबै कुरा होईन तर उसको पुर्खाको विकास पनि ठुलो कुरा हो । यो उच्च जीवनको जग बसाल्नॆ प्रोजेक्ट हो । यसको प्रमुख उद्देश्यहरु चाहिँ परिवार छिमेक समाज र देशको लागि उच्च जीवन स्तर बनाउनु हो ।
नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग को ३ वटा मूल्य र मान्यताहरु मेहनती उद्यमी हुनु स्वयंसेवी हुनु आफ्नो काम आफैले गर्नु र सहयोगी हुनु आपसी सहयोग गर्नु हु्नु हो ।
मेहनतले ईमान्दारिता बताउँछ उदाहरणको लागि ूविहानीको चराले किरा समात्छू यसको अर्थ हो कि कर्मठले काम गर्छ र उन्नति गर्छ । मेहनतले झुठो नबोल्न झुठो विश्वास नगर्न र घमण्ड नगर्न सिकाउँछ ।
स्वयं सेवाको अर्थ कुनै पनि मानिसको भाग्य आफ्नो प्रयासले मात्र बन्छ वा कर्ममा आधारित छ । एउटा उखान छ ूस्वयं सेवकलाई ईश्वरले सहायता गर्छन् ू यसको अर्थ हो मानिस आफ्नो भाग्य को निर्माता आफै हो । आफ्नो काम आफै गर्नु पर्छ र अरुलाई अह्राउने बानी हटाउनु पर्छ । कसैसंग बाह्य सहायता नमाग्ने निर्भिक हुनुपर्छ ।

आपसी सहयोग चाहिँ समूदायलाई विकास गर्नमा आधारीत छ । ूदुई बिचार एउटा भन्दा उत्तम होू यो उखानले बताउँछ कि सामूदायिक विकासमा आपसी सहयोगको ठुलो महत्व छ ।
त्यसैले नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग का यी तीन मुल्य र मान्यताहरुले नयाँ समाज र देशलाई समुन्नती गराउँछ ।
अन्तिममा यो नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग को उद्देश्यहरु मानविय विकास राष्ट्रमा शान्ति र एकतामा बुधिएको समुदाय निर्माण गर्नु हो ।

नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग ले कसरी अभ्यास गरेको छ



नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग ले गाउँहरुमा आफै सरकारको मातहतमा रही स्वयं विकास गरेर विकासको मार्ग शुरु गर् यो । प्रोजेक्टहरु आन्तरीक मामला सम्बन्धी मन्त्रालयको अधिनमा थियो । सरकारी निकायहरुले प्रोजेक्टको साना - तिना काममा मात्र केहि भुमिका निर्बाह गर्थे । गाउँ परिषद र अाचल परिषद सभाले यो प्रोजेक्टमा सहभागी हुन्थ्ये । प्रोजेक्टहरु राम्रो संग संचालन गर्नको लागि शहर र गाउँका परिषदहरुले जिम्मा लिदै कार्यकारिणी समिती बनाए । पूरुष र महिला नेताहरु चुनिएर नगरपालिकाहरुमा प्रोजेक्टक संचालन गर्न थाले ।
गाउँ विकास समितिमा महिला र यूवाहरुको उप-समिति सहितको शाखाहरुको संगठन निर्माण भयो । गाउँ विकास समितीले नयाँ योजना बनाउने तथा उपसमितीहरुलाई संचालन गर्न थाले ।
समितीको मिसनले गाउँको आम्दानी बढाउने र नयाँ मान्यता र विश्वासलाई व्यवहारमा लागु गर्न थाल्यॊ ।
नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग का प्रोजेक्टहरु गाउँले सभा परिषदको निर्णयमा आधारित थियो तर म्याजिट्रेटबाट अधिकार प्राप्त व्यक्ति मात्र गाउँले परिषदको सदस्य हुन्थ्यो । नयाँ प्रोजेक्ट खोल्नको लागि आधारहरु चाहिँ गाउँलेको आवश्यकता गाउँलेको सेवामा आधारित क्षेत्रिय शर्त पूरा गर्नु र प्रोजेक्टको लामॊ अवधिको प्रभावको लेखाजोखा हुन्थ्यो ।

प्रोजेक्ट लागु गर्दा गाउँलेको लगानी संकलन गरेर कामहरु शुरु हुन्थ्यो र कच्चा पदार्थ पूँजि र प्राविधी जस्ता मुख्य कुराहरुमा बाह्य सहायता लिइएको थियो ।
कानुनत गाउँले कर्मचारी वा सेवकहरुले प्रोजेक्टहरुको चेक गर्नको लागि कम्तीमा एक महिनामा दुई पटक भ्रमण गरी राष्ट्रको निम्ति प्रगती विवरण पेश गर्नु पथ्र्यो ।
सरकारी सेवाका शाखा प्रमुखले महिनावारी लघु प्रतिवेदन र वार्षिक प्रगति विवरण पेश गर्नु पथ्र्याे ।
विकासको अवस्थाको मूल्याँकन चाहिँ नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग को एउटा मुख्य भाग थियो । प्रोजेक्टको पूर्व प्रतिवेदन अन्तरिम प्रतिवेदन र अन्तिम प्रतिवेदन तयार गरिन्थ्यो । विगतको प्रोजेक्टको प्रभावलाई हेरेर नयाँ प्रोजेक्टको विकासको लागि गहन रुपले ध्यान दिइन्थ्यो । धेरै समय पछि संन्चालनमा आएका प्रोजेक्टको राम्रो प्रतिवेदनलाई गाउँको विकसको लागि फाईदाको रुपमा प्रचार गरिन्थ्यो ।


नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग का अगुवाहरुलाई शिक्षा



यो अभियान विधिवत रुपले संचालन गरेको एक वर्षपछि सरकारले अगुवाहरुको महत्व वारे महशुस गर् यो । गाउँले अगुवाहरुले राष्टिय निती निर्देशन उचित तरिकाले अवलम्बन गर्न थाले तर गाउँका सम्पादाहरु मनोमानी ढङ्गले खर्च हुन थाल्यो ।

त्यसैले यस अभियानको विकास त भयो तर लागु गर्ने काममा कमजोरी देखिएकोले राम्रा अगुवाहरुको आवश्यकता महसुस हुन थाल्यो ।
जब सरकारले अगुवाहरुको आवश्यकता महशुस गर् यो तव सन् १९७२ मा अगुवाहरुको लागि यो अभियानलॆ तालिम दिने संस्थाहरु खोल्न थाल्यो । प्रत्येक गाउँमा पूरुष र महिला अगुवाको बहाली भयो ।
अगुवा नेतृत्वको तालिमले गाउँलेलाई स्वयं त्याग र सकारात्मक उदाहरण लागु गर्न प्रभावकारी बनायो । सामुदायिक क्याम्पमा शिक्षा दिने काम भयो जहाँ उनिहरुले सहयोगात्मक कार्य र समुहमा मिलेर आत्मिक रुपले काम गर्न सिके ।

सरकारले अगुवाहरुलाई साना-साना समुहहरुको छलफलद्वारा आन्तरकि्रया सहितको शिक्षा निर्देशन र सहायता दिइएको थियो । प्रत्येक गाउँलेहरुको लागि तालिम प्राप्त अगुवाहरु चाहिँ नेतृत्व र निर्देशनको निम्ति मुख्य स्रोत भए ।
त्यसबेला महिला सहभागिता एकदमै कमी थियो तर महिला सहभागिता बढ्न थाले पछि सामाजिक परिवर्तनमा क्रान्ति ल्याई दियो । महिलाहरुले गाउँ विकासको लागि आफ्नो तर्फबाट कोष खोले । महिलाहरुलॆ उपवास बस्दै चामल बचाएर आफ्नो शक्ति सुन्दर शहर बनाउने अभियानमा खर्च गरॆ । महिलाहरुलॆ जुवा-तास र रक्सी पिउन वन्द गर्ने अभियान चलाए । असंख्य बार र पब जस्ता रक्सी पसल र भट्टीहरु त्यती बेला बन्द गरिएको थियो ।

जुन शिक्षा यस अभियानका अगुवाहरुलाई लक्षीत गरिएको थियो त्यसले राजनितिज्ञहरु पत्रकारहरु धार्मिक नेताहरु र विदेशीहरुलाई समेत प्रभाव पार् यो । यस अभियानमा चाख नलिने राजनितीक नेताहरु पनि नयाँ गाउँ अभियानको शिक्षा प्रणालीवाट प्रभावित भए । यो एउटा नयाँ गाउँ अभियानको कोष वृद्धिको कारण थियो र जसले गर्दा यो अभियान राष्ट्रिय स्तरको प्रोजेक्टमा परिणत भयो ।


नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग को सफलता र समस्याहरु



नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग को सफलता हुनुमा मुख्य दुई कारणहरु छन् ।
पहिलो चाहिँ प्रतिस्र्पाधात्मक विधीमा प्रयोग गरिएको सरकारी निती थियो । जसको कारणले ग्रामिण समुदायको पूर्ण रुपले सहभागिता संभव भयो । सरकारको प्रेरणा प्राप्त नेतृत्व सकारात्मक हुनु र केही कोषको उचित व्यवस्थाले गाउँलेलाई विकासमा उतेजीत गरायो । सफल काम गर्ने गाउँलाई प्रशंसा र पुरस्कार दिनु चाहिँ अर्को सफलताको निम्ति प्रेरणाको स्रोत भयो ।
दोस्रो कारण चाहिँ सेमाउल अगुवाहरुको आत्म त्याग र सवै गाउँलेहरुको सहभागिता हुनु हो । सवै गाउँलेहरु एक जुट भई काम गर्दा सफल भएको नतिजावाट छक्क परे । कामको सफलताले स्वयंमा विश्वास प्राप्त गरे र यो विश्वासले सफलताको उद्देश्य लिने कुराको जन्म दियो । मानिसहरु मेहनती वा उद्यमी भए र सयोगात्मक वा संगै काम गर्ने भावनाको सही अर्थ बुझ्न थाले ।

त्यहाँ ठुलो सफलता मिलेको थियो तर प्रत्येक कुराको उपलब्धिमा कमजोरी पक्षहरु पनि थिए ।
शुरुमा सरकारको पूर्ण सहभागिता हुनु नै सफलताको स्रोत थियो तर ठुलो रुकावट पनि भएको थियो । फाईदामा आधारित गुणस्तरिय ठुला सरकरी योजनाहरु चाहिँ अर्को समस्याको रुपमा देखा पर् यो । भौतिक सम्पतीको आधारमा मात्र सफल थियो । यसले गर्दा मानिसहरुले बाह्य लगानी गर्न थाले र यसले मानिसहरुलाई निष्कृय प्रवृतितिर बढावा दियो । जसले गर्दा सवै वातावरण साँस्कृति र परम्परागत कुराको नष्ट हुन थाल्यो ।
चुनौतिहरु कोशिसहरु र अरुलाइृ बाटो देखाउने काम चाहिँ मानविय इतिहासका आवस्यक तत्वहरु हुन् । कुनै पनि युगमा कुनै पनि देशमा सफलता पाएका जातीहरु छन् र उनीहरुसंग सफलताको बलियो नैतिक जग र सफलता प्राप्तीका लागि दृढ ईच्छा हुन्छ ।
नयाँ गाउँ अभियानको नाराले ३० वर्ष अगाडि देखि कोरियालीहरुलाई सफलतातिर अगाडि बढाएको छ । कोरियालीहरुले आफ्ना हातहरु खियाएर प्रति ब्यक्ति आय १०० अमेरिकी डलर भन्दा आय कम भएको देशलाईे आज १२००० डलरमा पुर् याएर चमत्कार देखाई दिएका छन् ।

आज मानविय संवृद्धिको लागी नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग ले जग बसाल्ने छ । कोरियाली जनताहरु यो नयाँ गाउँ अभियानले चाहिँ विश्वलाई संवृद्धिशाली र सवल बनाउनमा विकासको साँचो भएको होस् भन्ने ईच्छा गर्छन् । नेपालको लागि नेपाली भुमीमा सुहाउदो पाराले परिमार्जन गरि यस अभियानलाई नमुना विकास अभियान (Model Devlopment Campaign) नामाकरण गरि २००३ प्रुेव्रुवरी २२ तारीख देखि चितवन जिल्लाको पिप्ले गा।वि।स। मा लागु गरिएको छ । यस अभियानको तालिम संबन्धि नवराज पन्तद्वारा अनुवादित ूहाम्रो गाउँ र देशको विकास कसरी गर्न सकिन्छ ू नामक पुस्तकको बिमोचन सम्माननिय स्थानिय विकास मन्त्री राजेन्द्र प्रसाद पाण्डेद्वारा सन् २००६ अगष्ट १५ तारिखमा गरिएको छ ।

धन्यवाद !


अध्यक्ष, श्री नवराज पन्त, नमुना विकास अभियान / सेमाउल उन्दोङ्ग

नेपाल शाखा, केन्द्रिय परिषद नेपाल

President, Shree Nava Raj Panta , Model Development Campaign (MDC) or Saemaul Undong, Nepal Branch, Central Council, Nepal (Since 2003 Feb 22)

राष्ट्रिय सल्लाहकार National Advisor :
सम्माननिय स्थानिय विकास श्री मन्त्री राजेन्द्र प्रसाद पाण्डे Honorable Local Development Minister Shree Rajendra Prasad Pande

(Since 2006 Aug 15)

Diplomatic Advisor: His Excellency Nepal Ambassador to Korea

Mr Yadav Khanal

(Since 2007 March 10)



अन्तर्राष्ट्रिय सल्लाहकार International Advisor: Mr. Chang Young, Hwang

( Since 2007 Feb 22)




संपर्क contacts :

प्रधान कार्यलय : कपुरधारा चोक, सामाखुशी, काठामाडौं २९ , नेपाल फोन नं ४३८२४४२

Head Office: Chyas Marg 43, Kapurdhara Chok, Samakhusi, Kathmandu 29, Nepal Tel. 977-1-4382442 Fax: 977-1-4424865


शाखा कार्यलय : पिप्ले ७ गडयौली , चितवन नेपाल फोन न ०५६ ५५०४८७

Branch Office: Nepal Korea Wisdom School, Piple 7, Gadeuli, Chitwan, Nepal Tel. 977-56-550487

Email : heraldpanta@yahoo.com
Blog Entry Apr 26, 2007
Goat Bank Project, Piple  VDC, Chitwan , Nepal   Name of the Purposed Seamaul leaders of Piple Village Development Committee (VDC) or First Saemaul Village branch in Nepal ,    Piple-7,... more
Previous blog entries:
Apr 25-NKWS (Academic )
Mar 16-नेपाल र कोरियाका ताजा समाचार (Nepal & Korea Related Current News)
Mar 15-हाम्रो देश नेपाल
   View All
Photo AlbumPhotosJun 13, 2007
ddd
dThumbnaild
ddd
First National Ghuyetro Festival 2007 May 13 at Parewakot, Chitwan, Nepal
10 Photos

   View All
MusicMusicMar 6, 2007

Nava Raj's favorite playlists:
Mar 6-New Music 3
   View All