| Welcome to Saemaul Undong Nepal ( Model Development Campaign (MDC), Nepal, | May 22, 2007 |
नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग, कोरिया
वा नमुना विकास अभियान नेपाल एक परिचय
Introduction of Saemaul Undong: Nepali
Model development campaign in Nepal
or Saemaul Undong in Korea
To Make a community living together
Saemaul Undong Center, Korea
Model Development Canpaign (MDC),
National Council, Nepal
नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग, कोरिया
वा नमुना विकास अभियान, नेपाल
कोरिया एशिया महादेशको पूर्वमा पर्दछ । कोरियालीहरुको संस्कृति र परम्परा ५००० वर्ष पुरानो छ । कोरिया उन्न्ााईसौ शताब्दीमा उपनिवेश भयो । शीत युद्धको कारणले देश आधा-आधा बाँडियो । एउटा गरिब देश जो धेरै गरिबीमा शुरु भयो तर अहिले विश्वको बाह्रौ धनी स्थानमा पुगेको छ । कोरियाले सन् १९८८ मा ओलम्पीक गेम र २००२ मा फिफा विश्व कप सम्पन्न गराएको थियॊ । धनी देशको दाँजोमा आफ्नो ठुलो साहस र शक्ति देखायो । हामी आधारभूत रुपमा यी सबै कुरा नमुना विकास अभियान सेमाउल उन्दोङ्ग द्वारा सम्भव भएको देखाउन चाहन्छौं ।
कोरियाको नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग
धेरै लडाई र आक्रमण भएता पनि यस बाट प्रभावित नभईकन कोरियाली जनताले आफ्नॊ अनौठो साँस्कृतिलाई कायम राखेका छन् ।
जब जापानसंगको लडाई उन्नाईसौ शताब्दीमै अन्त्य भयो र कोरियाली युद्धले स्थान लिन पुग्यो । सन् १९६० सम्म समाज विभिन्न किसिमको विचार र गरिबीलॆ ग्रस्थ थियो । त्यसबेला प्रति व्यक्ति आय ८५ डलर मात्र थियो । बहुसंख्यक कोरियनहरुले त्यस बेला एक छाक टार्न पनि कठिन थियो ।
त्यसबेलाकॊ कृषि प्रधान देश केारिया वाढी र खडेरीकॊ भोकमरीमा पिल्सीएको थियो । कोरियाली समाज विभिन्न किसिमको विचार थकावट र निराशले ग्रसित थियो । गरिबीसंग लड्नु नै सरकारको ठुलो काम थियो । त्यसबेला हस्तकलाको समानहरु निर्यात गर्नु नै ठुलो आम्दानीको स्रोत थियो ।
सन् १९६० मा पाँच वर्षे आर्थिक योजना शुरु भयो त्यसले के परिणाम देखायो भने सन् १९७० को नजिक आएर आर्थिक स्तर बढाउन सक्षम भयो ।
आर्थिक वृद्धिले गर्दा युवाहरु धन कमाउन शहर पस्न शुरु गरे । सन् १९६० देखी सरकारले कृषि उत्पादन वृद्धिमा ध्यान दिन थाल्यो । तर आर्थिक जिवनस्तर चाहिँ आधुनिक जीवन शैलीको तुलनामा नराम्रो अवस्थामा नै रही रहयो ।
सन् १९७० सम्म ८०% गाउँले समुदायको घर छाप्रो थियो र ८०% जनताहरुले मट्टितेलको सहायताले विजुलीको बदलामा जीवन बिताउनु परेको थियो ।
नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग को जन्म
सन् १९३२ मा कोरियाका ईसाई मण्डलीहरुबाट यो अभियान शुरु गरेका थिए । सन् १९६९ को बाढी पछि मानिसहरुले आफ्ना घर र सडकहरु सरकारी सहायता विना आफ्नो खर्चले बनाउन थाले । यसले राष्ट्रपती पार्क जुङ्ग हि लाई स्वतः जनतालाई सहायता गर्न प्रेरणा दियो । राष्ट्रपति पार्क ले के महशुश गरे भने जब सम्म जनतामा आफुले काम गर्ने भावना हुदैन तब सम्म जनतालाई दिएको सहायता बेकार साबित हुन्छ । अझ महत्वपूर्ण कुरा त गाउँले समुदायलाई आकर्षित गर्नु र गाउँलेहरुको सहायता लिनु विकासको प्रमुख आधार थियो ।
यि विचारहरु नयाँ गाउँ अभियानको प्रमुख आधार थियो ।
नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग को प्रयोग
सन् १९७० सम्म पनि सरकार सँग विकासको लागि पर्याप्ता रकम थिएन तर सरकारले थोरै सहायता गरेर पनि केहि आधारभुत विकास गर्न सक्थ्यो । सरकारले गाउँलाई विकास गर्नको लागी १० वटा प्रयोगात्मक प्रोजेक्टहरु समर्थन गरेको थियो । यी प्रोजेक्टहहरु खास तौरले समुदायहरुमा लागु गरिएका थिए जस्तै ः गाउँले सडक निर्माण घरका छानाहरु मर्मत गर्ने भान्सा कोठा निर्माण घर वरिपरि पर्खाल लगाउने कपडा धुने लौन्ड्री पसलको व्यवस्था पानी धाराको व्यवस्था गर्ने आवास तथा पुलहरुको निर्माण गर्ने र पानीको सुधार आदि कार्यक्रम थियो ।
त्यति बेला ३५ हजार गाउँलेहरुले ३५५ बोरा सिमेन्ट औषत रुपमा निशुल्क पाए । सबै प्रोजेक्टहरु गाउँ विकास समितीको एकल नियन्त्रण भित्र थियो । १६००० गाउँ विकास समितीे जो पूरै देशको आधा भन्दा बढी अविकसित गाउँ हो त्यहाँ विकासको प्रभावकारिता देखा पर् यो ।
प्रोजेक्टहरुको व्यवस्था गाउँले कोषबाट शुरु भयो र गाउँले कै स्वयम परिश्रमबाट पूरा भयो । अर्को दोस्रो वर्षमा देश भर प्रत्येक गाउँमा ५०० बोरा अतिरिक्त सिमेन्ट र एक एक टन स्टील तार बाँडियो । गाउँलेहरुलाई आफु स्वयं सहायता दिनको लागी सरकारले निर्णय गर् यो ।
झुपडी र माटोको कच्चि पर्खालहरु आधुनिक टायल र सिमेन्टको परखालमा परिणत भए । सडकका पेटीहरु फैलाइयो नदीका किनाराहरु पुनः निर्माण भयो र गाउमा पनि पुलहरु निर्माण भयो ।
अन्धा धुन्ध गतिमा गाउँहरुमा विकास भयो । गाउँले समुदायले पुनः विश्वास प्राप्त गरे दिक्क लागेका गाउँले छर छिमेकहरु आफ्नो गाउँघर विकास गर्न उत्तेजीत भए । कोरियाकॊ ग्रामिण क्षेत्रले विकास र शहरीकरणको संकेत देखायो ।
अर्को तेस्रो वर्षमा सरकारले ३५०० गाउँलेहरुलाई आफ्नो स्त्तर आफ्नो ढंगले विकास गर्नको लागि तीन तहमा बाँड्यो । ति तीन तहमा बाँडिएका विकासशील गाउँलाई भिन्ना भिन्नै सरकारी सहायता दिने काम शुरु भयो ।
विकासको गति संगै वातावरणीय प्रोजेक्टको पनि विकास भयो । घर र अरु सुविधाहरुको निर्माण समुदायमा सुहाउदो पाराले गरिएको थियो । भान्सा र नुहाउने कोठामा पानी सुविधाको लागि आधुनिक किसिमका पाईप जडान गर्ने काम शुरु भयो ।
सामुदायिक र सार्बजनिक सुविधाहरु जस्तै गाउँमा सभाघरहरु मनोराजन वाटिका सार्वजनिक स्नान कोठाहरु गोदाम घरहरु र अरु सार्वजनिक सुविधाहरुको निर्माण हुन थाले ।
वातावरणीय प्रोजेक्टको सफलताले उत्पादक प्रोजेक्टहरुको विकास भयो । मानिसहरुले कृषि सडक बनाउन थाले । मेसिनद्वारा खेती गर्न थाले । सरकारले गाउँलेहरुको आम्दानीमा खुब चाख लिन थाल्यो । १९७४ सम्ममा गाउँलेहरुको आम्दानी सोचे भन्दा राम्रो भयो । कृषि शिक्षाले खेती गर्ने तरिकामा क्रान्ति ल्याईदियो । परम्परावादी किसिमको खेती गर्ने तरिका जो धान र जौ उब्जाइन्थ्यो त्यो नौलो तरिकामा परिवर्तन भयो ।
कृषि बजारको विकास भयो । खेतीबारीमा उत्पादनको जो न्यून आम्दानी थियो त्यो बिषमता हटयो च्याउ र सुर्ती खेतीकॊ उत्पादनले आम्दानी बढायो । हरियो घरको प्रयोगले जाडो महिनामा ताजा तरकारी खेती गर्न थाले । त्यस्तै गरि काम गर्ने प्रथामा सामुहिक कार्यले सफलता पायो र व्यक्तिगत परिश्रम नगर्न सुझाव दिन थाले ।
गाई बंगुर र कुखुराहरुको पालनलॆ आम्दानी बढायो । माछा पालकले माछाको भुरा उत्पादन गरेर गाउँमा माछाखेतीमा परिवर्तन ल्याइदिए ।
नहरको विकास भयो कुलोहरु सफा गर्ने तरिकाको विकास भयो र खेती योग्य जग्गा चाहि उत्पादन र विकासको प्रमुख बिन्दु बन्न थाले ।
ठुला ठुला सडक निर्माण ढल निकास र फोहोर मैला फाल्ने स्थानहरु चाहि छिमेकी गा।वि।स। हरुको सहायता र संयुक्त लगानीमा बनाउन थाले ।
सरकारले ठुला ठुला कलकारखाना सामुदायिक विकासको लागी खोल्न थाल्यो । जसले गर्दा ग्रामिण क्षेत्रको आम्दानी बढ्यो । सेमाउल कारखानाले महीलालाई कामको स्थान दियो र धेरै आम्दानी गर्ने मौका पाए ।
फलस्वरुप बिस्तारै आम्दानी बढन थाल्यो । सन् १९७४ मा शहरमा जस्तै ग्रामिण क्षेत्रमा पनि धेरै आम्दानी बढयो । सन् १९७८ मा ९८% ग्रामिण जनता आफुमा निर्भर हुन थाले वा कोरियालीहरु निर्भर देशका जनतामा चिनिए । कृषि उत्पादनले उचित ब्यापारिक मूल्य पायो । साग बेचेर गाडि किन्न थाले । जीवन राम्रो भयो ।
नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग को सफलताले अविकसित ठाउँमा स्कूल बन्न थाले काम गर्ने स्थान बढ्यो शहरहरुका कलकारखानाहरुले समेत अरु विकासको बाटोहरु खोले । नगरपालीकाहरुले भ्रष्टाचार निर्मूल गर्ने अभियान चलाए र नयाँ सुन्दर नगरपालीकाको निर्माण गरे ।
नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग कॊ मुख्य तीन अभियानहरु थिए । ती हुन मानसिक व्यवहारिक र वातावरणिय अभियानहरु ।
मानसिक अभियानले पुर्खा र छिमेकीहरुसित राम्रो सम्बन्ध राम्रा परम्परागत नैतिक कुराको विकास गर्दै सामुदायिक विकास गरेर कुरितीहरुलाई हटाउन थाले ।
व्यवहारीक अभियानले बाटोमा हिड्ने तरिका सकारात्मक अन्तरकि्रयाकलापहरु र रक्सी पिउने नराम्रो बानीलाई सुधार्ने तर्फ जोड दियो ।
वातावरणिय अभियानले व्यक्तिको घर वा व्यापार केन्द्रको वरिपरी सफाईमा जोड दियो सडकको वातावरणलाई नियन्त्रण गर्न हरियो शहरहरु र नदीनालाको विकासमा जोड दियो ।
काम गर्ने स्थानमा प्रोजेक्टहरुले स्वच्छ मान्यतामा काम गर्नेहरु विच उत्तम सामाजिक कि्रयाकलाप र विश्वास योग्य हुन के्रन्द्रित गराए । सवै मानिसहरुले एक भएर काम गर्ने पिछडिएको समुदायलाई सहायता गर्ने घर विहिनलाई सहायता गर्ने र लाईनमा बस्न बानि बसाल्ने काम सिकाउनु नै प्रोजेक्टहरुको उद्देश्य भयो ।
सेमाउल उन्दोङ्ग कारखानाले आफ्नो शक्ति उपभोक्ताको स्नेह र विश्वास बटल्नुमा साथै आमजनता तर्फ निर्देशित गर् यो । औधोगिक शान्तिको स्थापनालाई सुदृढीकरण गर्न र मजदुर र व्यवस्थापन बिचको मुल्य प्रणालीमा आपसी समन्वय गरि मतभेद हटाउन असल सहकारी नैतिकतामा जोड दिइयो ।
अझ पिछडिएको समुदायको सेवा गर्नु चाहि अर्को असल नैतिक बिधिको स्थापना गर्ने मार्ग भयो ।
सेमाउल विद्यालयहरु चाहि सेमाउलको आत्मिक जग भए । स्कुलहरुमा विद्यार्थीहरुले सेमाउल उन्दोङ्गले समाज प्रति गरेको योगदान बारे पढन थाले ।
गाउँ र काम गर्ने स्थानहरुमा पुस्तकालय खोलेर सेमाउल उन्दोङ्गको शिक्षा र मनोराजनात्मक कि्रयाकलापको लागि ठाउँ प्रदान गर्न ध्यान दिन थाले ।
बिशेषगरि गाउँले पुस्तकालयहरुले नयाँ किसिमको खेती गर्ने प्रविधि तर्फको सुचना बाँडन थाल्यो । यो एउटा पिछडिएको समुदायको लागी ठुलो राहात थियो र आम्दानी बढ्नुको ठुलो कारण पनि यहि हो ।
नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग के हो
नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग ले ठूला टूला प्रोजेक्ट शुरु गरेन । सरकारले नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग को प्रयोग गरेको ३ वर्षपछि नै थाहा पायो कि जनाताको स्वयं इच्छा विना यस अभियानले सफलता पाउन सक्तैन ।
यो अभियान एउटा कार्यमा आधारित प्रोजेक्ट मात्र होईन तर मानसिक सुधारमा आधारित एउटा ठुलो विश्वासिलो प्रोजेक्ट हो । जसले ूसबै राम्रो र ईच्छाएको काम गर्न सकिन्छू भन्छ ।
यो अभियान एउटा उच्च जिवनको निम्ति संघर्ष हो जो एउटा व्यक्तिको लागी मात्र होईन यो पूरा सामाजिक उत्थानको लागि हो ।
धन मात्र सबै कुरा होईन तर विचार ठुलो कुरा हो । मानिसको विकास मात्र सबै कुरा होईन तर उसको पुर्खाको विकास पनि ठुलो कुरा हो । यो उच्च जीवनको जग बसाल्नॆ प्रोजेक्ट हो । यसको प्रमुख उद्देश्यहरु चाहिँ परिवार छिमेक समाज र देशको लागि उच्च जीवन स्तर बनाउनु हो ।
नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग को ३ वटा मूल्य र मान्यताहरु मेहनती उद्यमी हुनु स्वयंसेवी हुनु आफ्नो काम आफैले गर्नु र सहयोगी हुनु आपसी सहयोग गर्नु हु्नु हो ।
मेहनतले ईमान्दारिता बताउँछ उदाहरणको लागि ूविहानीको चराले किरा समात्छू यसको अर्थ हो कि कर्मठले काम गर्छ र उन्नति गर्छ । मेहनतले झुठो नबोल्न झुठो विश्वास नगर्न र घमण्ड नगर्न सिकाउँछ ।
स्वयं सेवाको अर्थ कुनै पनि मानिसको भाग्य आफ्नो प्रयासले मात्र बन्छ वा कर्ममा आधारित छ । एउटा उखान छ ूस्वयं सेवकलाई ईश्वरले सहायता गर्छन् ू यसको अर्थ हो मानिस आफ्नो भाग्य को निर्माता आफै हो । आफ्नो काम आफै गर्नु पर्छ र अरुलाई अह्राउने बानी हटाउनु पर्छ । कसैसंग बाह्य सहायता नमाग्ने निर्भिक हुनुपर्छ ।
आपसी सहयोग चाहिँ समूदायलाई विकास गर्नमा आधारीत छ । ूदुई बिचार एउटा भन्दा उत्तम होू यो उखानले बताउँछ कि सामूदायिक विकासमा आपसी सहयोगको ठुलो महत्व छ ।
त्यसैले नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग का यी तीन मुल्य र मान्यताहरुले नयाँ समाज र देशलाई समुन्नती गराउँछ ।
अन्तिममा यो नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग को उद्देश्यहरु मानविय विकास राष्ट्रमा शान्ति र एकतामा बुधिएको समुदाय निर्माण गर्नु हो ।
नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग ले कसरी अभ्यास गरेको छ
नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग ले गाउँहरुमा आफै सरकारको मातहतमा रही स्वयं विकास गरेर विकासको मार्ग शुरु गर् यो । प्रोजेक्टहरु आन्तरीक मामला सम्बन्धी मन्त्रालयको अधिनमा थियो । सरकारी निकायहरुले प्रोजेक्टको साना - तिना काममा मात्र केहि भुमिका निर्बाह गर्थे । गाउँ परिषद र अाचल परिषद सभाले यो प्रोजेक्टमा सहभागी हुन्थ्ये । प्रोजेक्टहरु राम्रो संग संचालन गर्नको लागि शहर र गाउँका परिषदहरुले जिम्मा लिदै कार्यकारिणी समिती बनाए । पूरुष र महिला नेताहरु चुनिएर नगरपालिकाहरुमा प्रोजेक्टक संचालन गर्न थाले ।
गाउँ विकास समितिमा महिला र यूवाहरुको उप-समिति सहितको शाखाहरुको संगठन निर्माण भयो । गाउँ विकास समितीले नयाँ योजना बनाउने तथा उपसमितीहरुलाई संचालन गर्न थाले ।
समितीको मिसनले गाउँको आम्दानी बढाउने र नयाँ मान्यता र विश्वासलाई व्यवहारमा लागु गर्न थाल्यॊ ।
नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग का प्रोजेक्टहरु गाउँले सभा परिषदको निर्णयमा आधारित थियो तर म्याजिट्रेटबाट अधिकार प्राप्त व्यक्ति मात्र गाउँले परिषदको सदस्य हुन्थ्यो । नयाँ प्रोजेक्ट खोल्नको लागि आधारहरु चाहिँ गाउँलेको आवश्यकता गाउँलेको सेवामा आधारित क्षेत्रिय शर्त पूरा गर्नु र प्रोजेक्टको लामॊ अवधिको प्रभावको लेखाजोखा हुन्थ्यो ।
प्रोजेक्ट लागु गर्दा गाउँलेको लगानी संकलन गरेर कामहरु शुरु हुन्थ्यो र कच्चा पदार्थ पूँजि र प्राविधी जस्ता मुख्य कुराहरुमा बाह्य सहायता लिइएको थियो ।
कानुनत गाउँले कर्मचारी वा सेवकहरुले प्रोजेक्टहरुको चेक गर्नको लागि कम्तीमा एक महिनामा दुई पटक भ्रमण गरी राष्ट्रको निम्ति प्रगती विवरण पेश गर्नु पथ्र्यो ।
सरकारी सेवाका शाखा प्रमुखले महिनावारी लघु प्रतिवेदन र वार्षिक प्रगति विवरण पेश गर्नु पथ्र्याे ।
विकासको अवस्थाको मूल्याँकन चाहिँ नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग को एउटा मुख्य भाग थियो । प्रोजेक्टको पूर्व प्रतिवेदन अन्तरिम प्रतिवेदन र अन्तिम प्रतिवेदन तयार गरिन्थ्यो । विगतको प्रोजेक्टको प्रभावलाई हेरेर नयाँ प्रोजेक्टको विकासको लागि गहन रुपले ध्यान दिइन्थ्यो । धेरै समय पछि संन्चालनमा आएका प्रोजेक्टको राम्रो प्रतिवेदनलाई गाउँको विकसको लागि फाईदाको रुपमा प्रचार गरिन्थ्यो ।
नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग का अगुवाहरुलाई शिक्षा
यो अभियान विधिवत रुपले संचालन गरेको एक वर्षपछि सरकारले अगुवाहरुको महत्व वारे महशुस गर् यो । गाउँले अगुवाहरुले राष्टिय निती निर्देशन उचित तरिकाले अवलम्बन गर्न थाले तर गाउँका सम्पादाहरु मनोमानी ढङ्गले खर्च हुन थाल्यो ।
त्यसैले यस अभियानको विकास त भयो तर लागु गर्ने काममा कमजोरी देखिएकोले राम्रा अगुवाहरुको आवश्यकता महसुस हुन थाल्यो ।
जब सरकारले अगुवाहरुको आवश्यकता महशुस गर् यो तव सन् १९७२ मा अगुवाहरुको लागि यो अभियानलॆ तालिम दिने संस्थाहरु खोल्न थाल्यो । प्रत्येक गाउँमा पूरुष र महिला अगुवाको बहाली भयो ।
अगुवा नेतृत्वको तालिमले गाउँलेलाई स्वयं त्याग र सकारात्मक उदाहरण लागु गर्न प्रभावकारी बनायो । सामुदायिक क्याम्पमा शिक्षा दिने काम भयो जहाँ उनिहरुले सहयोगात्मक कार्य र समुहमा मिलेर आत्मिक रुपले काम गर्न सिके ।
सरकारले अगुवाहरुलाई साना-साना समुहहरुको छलफलद्वारा आन्तरकि्रया सहितको शिक्षा निर्देशन र सहायता दिइएको थियो । प्रत्येक गाउँलेहरुको लागि तालिम प्राप्त अगुवाहरु चाहिँ नेतृत्व र निर्देशनको निम्ति मुख्य स्रोत भए ।
त्यसबेला महिला सहभागिता एकदमै कमी थियो तर महिला सहभागिता बढ्न थाले पछि सामाजिक परिवर्तनमा क्रान्ति ल्याई दियो । महिलाहरुले गाउँ विकासको लागि आफ्नो तर्फबाट कोष खोले । महिलाहरुलॆ उपवास बस्दै चामल बचाएर आफ्नो शक्ति सुन्दर शहर बनाउने अभियानमा खर्च गरॆ । महिलाहरुलॆ जुवा-तास र रक्सी पिउन वन्द गर्ने अभियान चलाए । असंख्य बार र पब जस्ता रक्सी पसल र भट्टीहरु त्यती बेला बन्द गरिएको थियो ।
जुन शिक्षा यस अभियानका अगुवाहरुलाई लक्षीत गरिएको थियो त्यसले राजनितिज्ञहरु पत्रकारहरु धार्मिक नेताहरु र विदेशीहरुलाई समेत प्रभाव पार् यो । यस अभियानमा चाख नलिने राजनितीक नेताहरु पनि नयाँ गाउँ अभियानको शिक्षा प्रणालीवाट प्रभावित भए । यो एउटा नयाँ गाउँ अभियानको कोष वृद्धिको कारण थियो र जसले गर्दा यो अभियान राष्ट्रिय स्तरको प्रोजेक्टमा परिणत भयो ।
नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग को सफलता र समस्याहरु
नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग को सफलता हुनुमा मुख्य दुई कारणहरु छन् ।
पहिलो चाहिँ प्रतिस्र्पाधात्मक विधीमा प्रयोग गरिएको सरकारी निती थियो । जसको कारणले ग्रामिण समुदायको पूर्ण रुपले सहभागिता संभव भयो । सरकारको प्रेरणा प्राप्त नेतृत्व सकारात्मक हुनु र केही कोषको उचित व्यवस्थाले गाउँलेलाई विकासमा उतेजीत गरायो । सफल काम गर्ने गाउँलाई प्रशंसा र पुरस्कार दिनु चाहिँ अर्को सफलताको निम्ति प्रेरणाको स्रोत भयो ।
दोस्रो कारण चाहिँ सेमाउल अगुवाहरुको आत्म त्याग र सवै गाउँलेहरुको सहभागिता हुनु हो । सवै गाउँलेहरु एक जुट भई काम गर्दा सफल भएको नतिजावाट छक्क परे । कामको सफलताले स्वयंमा विश्वास प्राप्त गरे र यो विश्वासले सफलताको उद्देश्य लिने कुराको जन्म दियो । मानिसहरु मेहनती वा उद्यमी भए र सयोगात्मक वा संगै काम गर्ने भावनाको सही अर्थ बुझ्न थाले ।
त्यहाँ ठुलो सफलता मिलेको थियो तर प्रत्येक कुराको उपलब्धिमा कमजोरी पक्षहरु पनि थिए ।
शुरुमा सरकारको पूर्ण सहभागिता हुनु नै सफलताको स्रोत थियो तर ठुलो रुकावट पनि भएको थियो । फाईदामा आधारित गुणस्तरिय ठुला सरकरी योजनाहरु चाहिँ अर्को समस्याको रुपमा देखा पर् यो । भौतिक सम्पतीको आधारमा मात्र सफल थियो । यसले गर्दा मानिसहरुले बाह्य लगानी गर्न थाले र यसले मानिसहरुलाई निष्कृय प्रवृतितिर बढावा दियो । जसले गर्दा सवै वातावरण साँस्कृति र परम्परागत कुराको नष्ट हुन थाल्यो ।
चुनौतिहरु कोशिसहरु र अरुलाइृ बाटो देखाउने काम चाहिँ मानविय इतिहासका आवस्यक तत्वहरु हुन् । कुनै पनि युगमा कुनै पनि देशमा सफलता पाएका जातीहरु छन् र उनीहरुसंग सफलताको बलियो नैतिक जग र सफलता प्राप्तीका लागि दृढ ईच्छा हुन्छ ।
नयाँ गाउँ अभियानको नाराले ३० वर्ष अगाडि देखि कोरियालीहरुलाई सफलतातिर अगाडि बढाएको छ । कोरियालीहरुले आफ्ना हातहरु खियाएर प्रति ब्यक्ति आय १०० अमेरिकी डलर भन्दा आय कम भएको देशलाईे आज १२००० डलरमा पुर् याएर चमत्कार देखाई दिएका छन् ।
आज मानविय संवृद्धिको लागी नयाँ गाउँ अभियान सेमाउल उन्दोङ्ग ले जग बसाल्ने छ । कोरियाली जनताहरु यो नयाँ गाउँ अभियानले चाहिँ विश्वलाई संवृद्धिशाली र सवल बनाउनमा विकासको साँचो भएको होस् भन्ने ईच्छा गर्छन् । नेपालको लागि नेपाली भुमीमा सुहाउदो पाराले परिमार्जन गरि यस अभियानलाई नमुना विकास अभियान (Model Devlopment Campaign) नामाकरण गरि २००३ प्रुेव्रुवरी २२ तारीख देखि चितवन जिल्लाको पिप्ले गा।वि।स। मा लागु गरिएको छ । यस अभियानको तालिम संबन्धि नवराज पन्तद्वारा अनुवादित ूहाम्रो गाउँ र देशको विकास कसरी गर्न सकिन्छ ू नामक पुस्तकको बिमोचन सम्माननिय स्थानिय विकास मन्त्री राजेन्द्र प्रसाद पाण्डेद्वारा सन् २००६ अगष्ट १५ तारिखमा गरिएको छ ।
धन्यवाद !
अध्यक्ष, श्री नवराज पन्त, नमुना विकास अभियान / सेमाउल उन्दोङ्ग
नेपाल शाखा, केन्द्रिय परिषद नेपाल
President, Shree Nava Raj Panta , Model Development Campaign (MDC) or Saemaul Undong, Nepal Branch, Central Council, Nepal (Since 2003 Feb 22)
राष्ट्रिय सल्लाहकार National Advisor :
सम्माननिय स्थानिय विकास श्री मन्त्री राजेन्द्र प्रसाद पाण्डे Honorable Local Development Minister Shree Rajendra Prasad Pande
(Since 2006 Aug 15)
Diplomatic Advisor: His Excellency Nepal Ambassador to Korea
Mr Yadav Khanal
(Since 2007 March 10)
अन्तर्राष्ट्रिय सल्लाहकार International Advisor: Mr. Chang Young, Hwang
( Since 2007 Feb 22)
संपर्क contacts :
प्रधान कार्यलय : कपुरधारा चोक, सामाखुशी, काठामाडौं २९ , नेपाल फोन नं ४३८२४४२
Head Office: Chyas Marg 43, Kapurdhara Chok, Samakhusi, Kathmandu 29, Nepal Tel. 977-1-4382442 Fax: 977-1-4424865
शाखा कार्यलय : पिप्ले ७ गडयौली , चितवन नेपाल फोन न ०५६ ५५०४८७
Branch Office: Nepal Korea Wisdom School, Piple 7, Gadeuli, Chitwan, Nepal Tel. 977-56-550487
Email : heraldpanta@yahoo.com
| Apr 26, 2007 |
Saemaul Undong ( Model Development Campaign ) Nepal, Piple Branch (First branch of Nepal), Piple 7, Chitwan, Nepal (Goat bank , Project )
Goat Bank Project, Piple VDC, Chitwan , Nepal Name of the Purposed Seamaul leaders of Piple Village Development Committee (VDC) or First Saemaul Village branch in Nepal , Piple-7,... morePrevious blog entries: | ||
| Apr 25 | - | NKWS (Academic ) |
| Mar 16 | - | नेपाल र कोरियाका ताजा समाचार (Nepal & Korea Related Current News) |
| Mar 15 | - | हाम्रो देश नेपाल |
| Photos | Jun 13, 2007 |
| Mar 9, 2007 |
| Music | Mar 6, 2007 |

